काठमाडौं– विभिन्न राष्ट्रका १६ वर्षमुनिका बालबालिका सहभागिता रहेको अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट 'लिटिल मिस एन्ड मिस्टर युनिभर्स २०२५' भव्यताका साथ सम्पन्न भएको छ। उक्त प्याजेन्टमा नेपाललाई ठूलो सफलता मिलेको छ।
'लिटिल मिस एण्ड मिस्टर नेपाल २०२५' का टाइटल होल्डरहरू पुरुषतर्फ १४ वर्षीय आयुष तिवारी, महिला सिनियर तर्फ १४ वर्षीय सिया पुन, जुनियर महिलातर्फ ११ वर्षीय सिक्कुम हाङमा लिम्बु, नेश्नल डाइरेक्टर विशाल गुरुङ, अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर एवं जुनियर नेसनल डाइरेक्टर चेरिस गुरुङ सहितको अफिसियल टिम गत साता ग्रान्ड फिनालेको लागि दुवई पुगेको थियो ।

युएइ अजुमानको बाही ग्रान्ड प्यालेस होटलमा सम्पन्न उक्त प्याजेन्टमा नेपालका आयुष तिवारीले 'योङ मिस्टर युनिभर्स २०२५' उपाधि जित्न सफल भए यस्तै नेपालको सिखुम हाङमा लिम्बुले 'मिस ग्रान्ड पिक्स २०२५' को विजेता बनिन् साथै सिकुमले 'बेस्ट बल ड्रेस २०२५' अवार्ड समेत हात पारिन्। उनको बल ड्रेसलाई बानेश्वरस्थित सोलमेट बुटीकका डिजाइनर आयुष पुङदेनहानले डिजाइन गरेका थिए। यस्तै नेपालकै सिया पुन मिस ग्रान्डपिक्स फर्स्ट रनरअपको उपाधि जित्न सफल भइन्। यसका साथै सियाले 'सुपर मोडल २०२५ बेस्ट नेशनल कस्ट्युम २०२५' उपाधि जितिन्।

हिमालयकी छोरी थिम रहेको उनको ड्रेसलाई नमुना फेसन टेक्नोलोजीका ग्राजुएट विद्यार्थीहरू प्रतीक्षा राना, रोशनी अधिकारी, श्वेता रिजाल, ममता रानाले तयार पारेका थिए । यसका साथै नेश्नल डाइरेक्टर विशाल गुरुङ 'कल्चर हेरिटेज अवार्ड २०२५' पाउन सफल भए । यसकाे अर्थ लिटिल मिस एन्ड मिस्टर युनिभर्स २०२५ मा नेपालको ह्याट्रिक भन्दा फरक नपर्ला । नेपालले पहिलाे पटक सहभागिता जनाएकाे लिटिल मिस एन्ड मिस्टर युनिभर्स २०२५ , याे २० औ संस्करण हाे ।









