‘मिस नेपाल २०२६’ मा टप–मोडल राउन्डको प्रतिस्पर्धा (तस्बिरहरू)

राम्रो अनलाइन     २९ असार २०८३, सोमबार
‘मिस नेपाल २०२६’ मा टप–मोडल राउन्डको प्रतिस्पर्धा (तस्बिरहरू)

काठमाडौं–यसवर्षको मिस नेपालको महत्वपूर्ण विधा ‘टप मोडल’को प्रतिस्पर्धा सम्पन्न भएको छ । कजारियाको प्रस्तुति रहेको यो राउन्डमा २४ जना फाइनलिस्ट सुन्दरीले प्रतिस्पर्धा गरे ।

चर्चित भियतनामी फेसन डिजाइनर ‘ना मोट ९१९२’ ले तयार पारेको डिजाइनमा सजिएका सुन्दरी र्‍याम्पमा एकपछि अर्को गरि प्रस्तुत भए । ‘टप अफ द वल्र्ड’ थिममा तयार पारिएको पहिरन आकर्षक देखियो ।

प्रतिस्पर्धाको लागि डिजाइनर ना मोट अहिले नेपालमा छन् । यो सहविधाको विशेषता के छ भने, विजेताले १ अगस्टमा आयोजना हुने फिनालेमा सिधै अन्तिम १२ मा प्रवेशको मौका पाउनेछिन् । जसको कारण पनि, सुन्दरीले यो विधा जित्न निकै कसरत गरेका थिए ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार विजेताको घोषणा चाहिँ फिनालेकै क्रममा हुनेछ । ‘टप मोडल’ राउन्डको जजमा ना मोटसहित पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, मोडल तथा अभिनेता अनुपविक्रम शाही, पूर्वमिस नेपाल इन्टरन्यासनल न्यान्सी खड्का लगायत थिए ।

प्रतिक्रिया