उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

राम्रो अनलाइन     ०४ वैशाख २०८२, बिहिबार

काठमाडौँ– कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको  प्रयोग र प्रर्वधनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।

देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ । 

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । ‘एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको छ । ' सञ्चालक सुमन दाहालले बताए । 

‘कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रर्वधन गर्नु बजारको उद्देश्य हो,’ दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्‍याउने लक्ष्य सुनाउँदै उनले भने । 

प्रतिक्रिया