सेलिब्रिटीका पहिरन प्रेम

राम्रो अनलाइन     ०२ फागुन २०८१, शुक्रबार
सेलिब्रिटीका पहिरन प्रेम

सुरक्षा पन्त, अभिनेत्री

मलाई ब्लेजर, सर्ट र सल पहिरनमा माया बसेको छ । फर्मल र क्याजुअल मिक्स गरेर आफूलाई सजाउन मन लाग्छ । मसँग छ÷सात वटा ब्लेजर छन् । हलुका गुलाबी, नीलो, कालो, चेक, जिन्स, क्रिम रङका ब्लेजर छन् मसँग । सर्टमा सेतो, कालो, चेक सर्ट मन पर्छ । म सलप्रेमी पनि हुँ । १०–१५ वटा सल मेरो कलेक्सनमा छन् । 


अन्जु पन्त, गायिका


मलाई गाउनप्रेमी भने पनि हुन्छ । लगाउन सहज हुन्छ, झन्झट हुँदैन त्यसैले गाउन असाध्यै मन पर्छ । लामो र ढाकाको डिजाइन गरेको गाउन मेरो फेभरेट हो । धेरैजसो ढाका फेब्रिककै गाउन लगाउने गर्छु । लगाउन सहज हुने र स्टाइलिस देखिने भएकाले गाउन रुचाउँछु । मसँग गाउनको राम्रै कलेक्सन छ ।


राधिका हमाल, गायिका


मसँग सारीको राम्रो कलेक्सन छ । मलाई सारीमै माया बसेको छ ।  जानी नजानी १७/१८ वर्षको उमेरदेखि सारीप्रति आकर्षित भएँ । ढाकाको मिक्स गरेर रेडिमेड सारी लगाउन रुचाउँछु । सारीमा ठाटिँदा आफू राम्री देखिन्छु जस्तो लाग्छ । मसँग सबै रङका सारी छन् । 



दीपिका प्रसाईं, अभिनेत्री


मलाई वानपिस ड्रेस खूब मन पर्छ । अरूले पनि मलाई वानपिसमै राम्रो देखिन्छ भनेर कमेन्ट गर्छन् । सबै खालका पहिरन मसँग भए तापनि कार्यक्रमतिर जाँदा वानपिस नै लगाउँछु । लगाउँदा सहज हुने, स्टाइलिस पनि देखिने भएकाले वानपिसमै मेरो प्रेम बसेको छ । 
प्रस्तुतिः रचना


 

प्रतिक्रिया