दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

राम्रो अनलाइन     १६ पुस २०८१, मङ्गलबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

 

काठमाडाैं – दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

कोरियन मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो।  गएको ३ डिसेम्बरमा देशमा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि योल विवादमा परेका थिए। त्यसपछि उनलाई महाअभियोग लगाइएको थियो। 

संसदले महाअभियोग लगाएपछि उनी पदबाट निलम्बित भएका थिए।

प्रतिक्रिया