फेसन शोमा मा शो–स्टपरको रुपमा सहभागी हुँदै बलिउड अभिनेत्री उर्वशी रौटेला 

राम्रो अनलाइन     २२ कात्तिक २०८१, बिहिबार
फेसन शोमा मा शो–स्टपरको रुपमा सहभागी हुँदै बलिउड अभिनेत्री उर्वशी रौटेला 

काठमाडौंँ– बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एण्ड यतिमा मंसिर २९ गते आयोजना हुने फेसन शो हेल्दी च्वाइस ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शो-स्टपरको रुपमा उनी आउन लागेकी हुन् ।

तीन सिजन सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागि हुन इच्छुक मोडलको आवेदन खुला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले बुधबार विज्ञप्ति जारी गर्दै आवेदन खुला गरिएको जनाएको हो ।

शोका लागि मोडल छनोट कात्तिक २५ गते होटल हिमालयमा आयोजना हुनेछ । जसबाट ६ जना पुरुष र २४ जना महिला छनोट हुने प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए । नेपाली डिजाइनरले तयार पारेको डिजाइन उक्त शोमा प्रस्तुत गरिने भएको छ ।

रौटेलाको कुरा गर्दा, सन् २०१३ मा उनले बलिउड फिल्म ‘सिंह साब द ग्रेट’बाट डेब्यु गरेकी थिइन् । त्यसयता सनम रे, ग्रेट गान्ड मस्ती, हेट स्टोरी ४, पागलपन्तीमा उनले अभिनय गरेकी छन् । सन् २०१४ मा उनले कन्नाडा फिल्म ‘मिस्टर ऐरावत’मा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया