सिंहदरबारमा सर्वदलीय बैठक जारी

राम्रो अनलाइन     १३ असोज २०८१, आइतबार
सिंहदरबारमा सर्वदलीय बैठक जारी

 

काठमाडाैं – कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बिहीबारदेखि आएको वर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन्।

बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा बनाइने बताइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु उपस्थित रहेका छन्।   

प्रतिक्रिया