घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

राम्रो अनलाइन     २३ भदौ २०८१, आइतबार
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

 

काठमाडाैं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया