कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

राम्रो अनलाइन     २० भदौ २०८१, बिहिबार
कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

 

काठमाडौं –  कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा ए–वान क्याफे एन्ड ब्यांकेट शंखमुल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
 

प्रतिक्रिया