सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला

राम्रो अनलाइन     ०१ साउन २०८१, मङ्गलबार
सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला

 

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

त्रिशूली बस दुर्घटनामा परेर बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ। यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ। भने, कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ। सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया