कति पुग्यो सुनको मूल्य?

राम्रो अनलाइन     २७ असार २०८१, बिहिबार
कति पुग्यो सुनको मूल्य?

 

काठमाडाैं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया