९ सय रुपैयाँ घट्यो सुन

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
९ सय रुपैयाँ घट्यो सुन

 

काठमाडाैं –  मंगलबार सुनको भाउ ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८८५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया