२१ अंकले बढ्याे नेप्से

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
२१ अंकले बढ्याे नेप्से

 

काठमाडाैं–  नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

आज ३२५ कम्पनीको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २१ करोड ७१ लाख कारोबार भएको छ।

प्रतिक्रिया