काठमाडौं – नबिल बैंक लिमिटेडले रू.३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १४ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।
बैंकले आगामी ८ वर्षका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ । सेबोनबाट स्वीकृति पाएपछि बैंकले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि जारी गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।