१४६  सांसदबाट रिट निवेदन : संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग 

राम्रो अनलाइन     १० जेठ २०७८, सोमबार
१४६  सांसदबाट रिट निवेदन : संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग 

काठमाडौँ, १० जेठ :  प्रतिनिधिसभा पुनःस्थापना  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज  सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । 

कांग्रेस सभापति देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् । 
 

प्रतिक्रिया