काठमाडाैं– सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभामुखले बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका हुन् ।
सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन् ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ । संसदको बर्खे अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ ।