एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ अभियान

राम्रो अनलाइन     १३ चैत २०७७, शुक्रबार
एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ अभियान

नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ ल्याएको छ ।

यस योजना अन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १४ हजार ४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २ हजार ४५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २ हजार ८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा रु ५ हजार २३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा रु २ हजार ६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा रु १ हजार २० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले रु ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् ।

यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया