‘महाजात्रा’ को ट्रेलर सार्वननिक

राम्रो अनलाइन     २० फागुन २०८०, आइतबार
‘महाजात्रा’ को ट्रेलर सार्वननिक

काठमाडौँ– प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ। 

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पैसा लुकाउन गरिएको संघर्षलाई देखाइएको छ। यो फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुनेछ। 

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ। 

षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। २०७३ सालमा रिलिज भएको ‘जात्रा’को यो तेस्रो श्रृंखला हो ।

प्रतिक्रिया