राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् ।

एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।  मेयर शाह कार्य व्यस्तताको कारण मतदान गर्न नगएको भन्ने बुझिएको छ । 

प्रतिक्रिया