भाडाको घरमा आगलागी हुँदा भियतनाममा ३ जनाको मृत्यु

राम्रो अनलाइन     २४ पुस २०८०, मङ्गलबार
भाडाको घरमा आगलागी हुँदा भियतनाममा ३ जनाको मृत्यु

भियतनाम– भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन। घर आगलागी हुँदा इलेक्ट्रिक बाइक लगायतका अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टुओई ट्रे (युवा) ले जनाएको छ ।

सन् २०२३  मा भियतनाममा ३ हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नि  तथा उद्धार प्रहरी विभागले जनाएको छ । 
 

प्रतिक्रिया