सत्य–तथ्य विचित्र

एजेन्सी     १८ फागुन २०७७, मङ्गलबार
सत्य–तथ्य विचित्र

अब्राहम लिंकनले दास मुक्तिको घोषणा गरेपछि सन् १८६१ देखि १८६५ सम्म अमेरिकामा गृह युद्ध भएको थियो। उत्तर र दक्षिणका राज्यहरूबीच युद्ध भएको थियो। उत्तरी राज्यहरूको युनियनका मेजर जनरल जोसेफ हुकरले आफ्नो लडाकू दस्ताको यौन सुखका लागि युवतीहरूको एउटा समूहको व्यवस्था गरेका थिए।

उनी जहाँ–जहाँ युद्धमा सरिक हुन्थे, त्यहाँ–त्यहाँ महिलाको एउटा झुन्ड हुन्थ्यो। जसको काम लडाकूहरूको यौन आवश्यकता पूरा गरिदिनु हुन्थ्यो। 

पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) मा एउटा बाँदरको प्रसंग विश्वचर्चित छ। ‘ज्याकी द बबुन’ नामक बाँदर दक्षिण अफ्रिकी इन्फ्यान्ट्री रेजिमेन्टमा सिपाहीसरह नियुक्त थियो। सेनाको तल्लो तह प्राइभेटबाट बढुवा भएर कर्पाेरलसम्म भएको ज्याकी द बबुन सैनिक पोशाकसहित युद्धमा सामेल हुन्थ्यो। उसले तक्मा पनि पाएको थियो। 

सन् १९२३ मा जर्मनी चरम आर्थिक संकटमा थियो। मुद्रास्फीति अकल्पनीय ढंगको उच्च थियो। एक अमेरिकी डलर बराबर ४२ खर्ब जर्मन मार्क हुन्थ्यो। एक टुक्रा पाउरोटी किन्न जर्मन नागरिकले एक झोला पैसा बोकेर जानुपथ्र्याे। 

प्रतिक्रिया