फिफा महिला विश्वकप स् इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा 

राम्रो अनलाइन     १७ साउन २०८०, बुधबार
फिफा महिला विश्वकप स् इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा 

 

काठमाडौं– इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डले चीनलाई ६–१ गोलले हरायो । अर्को खेलमा डेनमार्कले हैटीलाई २–० गोलले स्तब्ध बनायो । समूहको तीनै खेलमा शतप्रतिशत जित निकालेको इङ्ल्यान्ड नौ अङ्कसहित शीर्षस्थानमा रह्यो ।

समान खेलबाट ६ अङ्क बनाएको डेनमार्क समूह उपविजेता बन्यो । तीन अङ्क बनाएको चीन र अङ्कबिहिन हैटी विश्वकपबाट बाहिरिएको छ । 

प्रतिक्रिया