नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडाैं–  प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन् ।  श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।

‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।  

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया