काठमाठाैं – काठमाडौं गुर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सको इनिङ सम्हालिन नपाउँदै थप संकटमा परेको छ।
टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ‘पावरप्ले’ भित्रै आफ्ना ४ प्रमुख ब्याटर गुमाएको हो।टोलीलाई उकास्ने प्रयास गरिरहेका इशान पाण्डे पनि छैटौँ ओभरको अन्तिम बलमा आउट भएपछि सुदूरपश्चिमको अवस्था नाजुक बनेको छ।
मिलिन्द कुमारको बलमा मोहम्मद आदिल आलमद्वारा क्याच हुनुअघि पाण्डेले ९ बलमा १ छक्का र १ चौका प्रहार गर्दै ११ रन बनाएका थिए। यसअघि करण केसीले ३ विकेट लिएर ब्याटिङ लाइनअप भत्काएका थिए भने अब मिलिन्द कुमारले पनि विकेटको खाता खोलेका छन्।
६ ओभरको समाप्तिमा सुदूरपश्चिम रोयल्सको स्कोर मात्र २७ रन छ भने हातमा ६ विकेट मात्र बाँकी छ। अहिले क्रिजमा आरिफ शेख १३ बलमा १२ रन बनाएर खेलिरहेका छन्। सुदूरपश्चिमलाई सम्मानजनक स्कोरमा पुग्न अब ठुलो साझेदारीको खाँचो छ।