कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी

राम्रो अनलाइन     ०२ मंसिर २०८२, मङ्गलबार
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी

काठमाडौँ–काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् । 

उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।

यसअघि यही पहिलो इनिङमा विराटनगरका  लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरेका थिए । लोकेश अर्धशतक हिर्काउने पाँचौँ र मार्टिन चौथो खेलाडी बनेका थिए । जारी प्रतियोगितामा तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा छन् ।

चितवन राइनोजका अलराउण्डरसमेत रहेका  रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् । 

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर  बोल्ट्सका  ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

प्रतिक्रिया