यी हुन् सबैभन्दा धेरै र कम कमाउने १० नेपाली चलचित्र

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
यी हुन् सबैभन्दा धेरै र कम कमाउने १० नेपाली चलचित्र

काठमाडौं – वर्ष २०८२ मा प्रदर्शनमा आएका नेपाली चलचित्रमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्नेमा ‘परान’ छ । यो चलचित्रले बक्सअफिसमा १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र ६ लाख ३० हजार ६९१ जनाले हेरेका छन् । 

दोस्रो धेरै ग्रसकलेक्सन गर्नेमा ‘आ बाट आमा’ छ । अहिले पनि केही हलमा प्रदर्शन भइरहेको यो चलचित्र १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र पाँच लाख चार हजार ३२९ दर्शकले हेरेका छन् । 

तेस्रोमा ‘जेरी अन टप’ छ । यो चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको तीन लाख ९६ हजार ५९७  वटा टिकट बिक्री भएको छ ।  चौथोमा ‘ऊनको स्वीटर’ छ । तीन लाख ९२ हजार २४३ वटा टिकट बिक्री हुँदा यो चलचित्रले ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 


पाँचौँमा ‘जारी–२’ छ । यो चलचित्रले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र दुई लाख नौ हजार ३३३ जनाले हेरेका छन् ।  छैटौँमा ‘बलिदान’ छ । यसले पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ ग्रसकलेक्सन गर्दा एक लाख ७१ हजार ९७६ जनाले हरेका छन् । 

सातौँमा ‘मोहर’ छ । यसले पाँच करोड ८९ लाख पाँच हजार ५१२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको एक लाख ८९ हजार १९६ वटा टिकट बिक्री भएको छ । आठौँ धेरै कमाउने चलचित्रमा ‘हरि बहादुरको जुत्ता’ छ । यसको एक लाख ५० हजार ६०८ टिकट बिक्री हुँदा चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

नवौँ धेरै कमाउने सिनेमाको सूचीमा ‘माग्ने राजा’ छ । यसको एक लाख ६७ हजार ४८३ टिकट बिक्री भएको छ । चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ ग्रसकलेक्सन भएको छ । दशौँ नम्बरमा ‘माइती घर’ । यो चलचित्रले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस तथ्यांक छ ।   

सबैभन्दा कम हेरिएका १० चलचित्र 
सबैभन्दा कम ग्रसकलेक्सन गर्ने चलचित्रमा ‘इन्दिरा धिमे मैचा’ छ । यो चलचित्रको कलेक्सन ११ हजार ७०० रुपैयाँ छ । यो चलचित्रको ७८ वटा टिकट बिक्री भएको तथ्यांक छ । 

थोरै कमाउने चलचित्रको दोस्रो स्थानमा ‘हेलो काँशिराम’ छ । यो चलचित्रको १३२ वटा टिकट बिक्री हुँदा ३४ हजार २०० रुपैयाँ कलेक्सन भएको छ । थोरै कमाउने सिनेमाको सूचीको तेस्रो स्थानमा ‘बैध बा’ छ । यो चलचित्र १८८ जनाले हेरेका छन् । ५६ हजार ४०० रुपैयाँ कलेक्सन भएको छ । 

चौथो नम्बरमा ‘चिराग’ छ । ३८८ जनाले हेरेको सिनेमाले ८५ हजार ८५० रुपैयाँ कलेक्सन गरेको छ । पाँचौँ स्थानमा ‘लडाइँ पहिचानको’ छ । ४१८ वटा टिकट बिक्री हुँदा एक लाख १३ हजार ८७० रुपैयाँ ग्रसकलेक्सन भएको छ । 

छैटौँमा ‘परवासी जीवन’ छ । ५२९ वटा टिकट बिक्री भएको यो चलचित्रले एक लाख ४४ हजार २७० रुपैयाँ कलेक्सन गरेको छ । थोरै कलेक्सन गर्ने सिनेमाको सूचीको सातौँ स्थानमा ‘शिवांश’ छ । ७८७ वटा टिकट बिक्री भएको यो सिनेमाले दुई लाख ६१ हजार ७५० रुपैयाँ ग्रसकलेक्सन गरेको तथ्यांक छ । 

‘द ब्ल्यू लाइट’ कम कलेक्सन गर्ने चलचित्रको सूचीको आठौँ स्थानमा छ । ८३२ वटा टिकट बिक्री हुँदा तीन लाख १९ हजार ५९५ रुपैयाँ कलेक्सन भएको छ । 

नवौँ स्थानमा ‘दिमाग घोच्ने मान्छे’ छ । ८७० जनाले हेरेको यो सिनेमाले तीन लाख २५ हजार ९०० रुपैयाँ उठाएको छ । सबैभन्दा कम कलेक्सन गर्ने सिनेमाको सूचीको १०औँ स्थानमा ‘श्री बुकुरो’ छ । यसले तीन लाख ७३ हजार ४२५ रुपैयाँ कलेक्सन गरेको छ । यो चलचित्र एक हजार ३५ जनाले हेरेका छन् । 

एक हजारभन्दा कम दर्शकले हेरेका नेपाली सिनेमा नौवटा रहेको बक्सअफिसको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया