यामी ‘ओ माई गड २’ मा अनुबन्धित

एजेन्सी     २६ जेठ २०७८, बुधबार
यामी ‘ओ माई गड २’ मा अनुबन्धित

बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतमले केही दिन अगाडि मात्र बिहे गरिन् । यामीले बिहेको तस्वीर सार्वजनिक गरेसँगै उनका फ्यानहरु आश्चर्यमा परे । किनकी, यामीको बिहे र प्रेमको खबर मिडियामा चर्चामा थिएन ।

उनै, यामी बिहे लगतै एक चलचित्रमा देखिने भएकी छिन् । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको छ ।

चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘ओ माई गड’मा कलाकार पारेश रावलको मुख्य भूमिका थियो ।

तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

प्रतिक्रिया