वल्र्डलिंक कम्युनिकेसन्सको ब्रान्ड एम्बेसडरमा खतिवडा

राम्रो अनलाइन     १६ फागुन २०७७, आइतबार
वल्र्डलिंक कम्युनिकेसन्सको ब्रान्ड एम्बेसडरमा खतिवडा

ब्रोडव्यान्ड सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूत नियुक्त गरेको छ । खतिवडाले मिस नेपाल २०१८ को उपाधि चुमेकी थिइन् । 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले कम्पनी ग्राहकलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको बताए । शृंखलालाई सद्भावना दूतका रूपमा नियुक्त गरिएपछि कम्पनीको  सेवाबारे जानकारी गराउने उनले जानकारी दिए ।

उक्त अवसरमा शृंखलाले नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीसँगको समझदारीले  डिजिटल नेपाल बनाउन थप मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । 
कम्पनीको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत नेपाललगायत सहभागी थिए । 
 

प्रतिक्रिया