विराटनगर– मोरङको विराटनगरमा आइतबार (वैशाख १३) मध्याह्नमै रात परेझैँ अँध्यारो भएको छ । मौसम बदलीसँगै हावाहुरीसहित ‘ठूलो’ वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ ।
करिब मध्याह्नतिर केही समय आकाश बादलले ढाकिएपछि अँध्यारो भएको थियो । तीव्र हावाहुरीसँगै परेको वर्षाले सडक जलमग्न भएको छ । आवतजावतमा समस्या उत्पन्न भएको छ ।
देशका धेरै स्थानमा आज वर्षाको पूर्वानुमान छ । विशेष गरी कोसी प्रदेशमा घामको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।