वेलकम एड्भरटाइजिङ एन्ड मार्केटिङको वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदानप्रदान गरी होली मनाएको छ ।
गृष्मऋतुको आगमनसँगै होली पूर्णिमाको दिन एकआपसमा विभिन्न रंग खेली मनाइने परम्पराअनुसार होली पर्व मनाइएको कम्पनीले जनाएको छ । कोरोना भाइरसले परेको मनोसामाजिक असरका कारण यसपालि मास्क लगाएर होली मनाइएको हो ।
कार्यक्रममा वेलकम ग्रुपका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै कोरोना भाइरसबाट डराउनुको सट्टा डाक्टरद्वारा दिइएको सल्लाहअनुसार आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घरपरिवारमा मात्र सीमित होली मनाउन आग्रह गरे ।