काठमाडौं–अभिनेत्री, मोडल तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । एकपछि अर्को गरि सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने फोटो र भिडियोले नेटिजनको ध्यानाकृष्ट गरिरहेको देखिन्छ ।

उनले आइतबार पोस्ट गरेको फोटो यतिबेला चर्चामा छन् । ‘वाटर बेबीज’ क्याप्सन लेख्दै उनले पोखराको फेवाताललाई पृष्ठभूमिमा राखेर केही हट फोटोहरू सोसल मिडियामा सेयर गरेकी छन् ।

ब्ल्याक कट(आउट(वान पिस पहिरनमा प्रियंका हट देखिएकी छन् । रिसोर्टको टिरेसबाट खिचिएको ती फोटोमा छोरी आयंकालाई पनि देख्न सकिन्छ । क्लोज सटमा प्रियंका रिल्याक्स र कन्फिडेन्ट पनि देखिन्छिन् ।

यी फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता विभाजित देखिन्छन् । धेरैले लुक्स, फिगर र ब्यूटीको प्रशंसा गरेका छन् भने कतिपयले अंग प्रदर्शन गरेको भन्दै गाली गरेका छन् । कतिपयले आमा प्रियंकाको यो शैलीबाट छोरीले के संस्कार सिक्लिन भन्दै आलोचना गरिरहेका छन् ।
जेहोस्, पोखरामा खिचिएको प्रियंकाको ती फोटोहरूले सामाजिक सञ्जाल तातेको छ । भाइरलै बनेको भन्दा पनि हुन्छ ।
