उत्तरी म्यानमामा जेड खानी भत्किँदा ३० जना बेपत्ता

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
उत्तरी म्यानमामा जेड खानी भत्किँदा ३० जना बेपत्ता

म्यानमा– उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । 
 

प्रतिक्रिया