उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव 

राम्रो अनलाइन     ०४ साउन २०८०, बिहिबार

उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक ल्याउन सांसदहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुदृढ बनाउनेतर्फ चालु आर्थिक वर्षको मौद्रिक नीति केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन्।

सांसद डा स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय क्षेत्रले अनुत्पादक क्षेत्रमा बढी ऋण प्रवाह गर्दा कर्जा विस्तारअनुसार आर्थिक वृद्धिदरको तादम्यता मिल्न नसकेको बताए । घरजग्गालगायत क्षेत्रको कर्जा विस्तारलाई कसिलो बनाएर उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुपर्ने वाग्लेको भनाइ छ । त्यस्तै मुलुकको वर्तमान आर्थिक अवस्था सुधारका लागि मौद्रिक नीतिलाई मात्रै धेरै भारी बोकाउन नमिल्ने पनि उनले बताए। मौद्रिक नीतिले अँगालेका विषयलाई सर्वसाधारणले बुझ्ने हिसाबले सरलीकृत गरिनुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया