उपनिर्वाचनमा ३ दिन विद्यालय बन्द हुने

राम्रो अनलाइन     २७ चैत २०८०, मङ्गलबार
उपनिर्वाचनमा ३ दिन विद्यालय बन्द हुने


काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन हुने दुई जिल्लाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्देशन दिएको छ। निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ। यसका लागि १३ र १४ गते ने इलाम–२ र बझाङ–१ का विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलवार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई ६ बुँदे निर्देशन दिने क्रममा यस्तो निर्देशन पनि दिएको हो। आयोगले निर्वाचन आचार संहिता, २०७९ बमोजिम नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा स्थानीय तहका पदाधिकारीलाई आयोगको अनुमति नलिई उपनिर्वाचनको प्रचारप्रसारमा नजान पनि निर्देशन दिएको छ।

यदि अनुमति नलिएर प्रचार प्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचार संहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही गर्ने जनाएको छ।

प्रतिक्रिया