उपनिर्वाचन हुने ३ स्थानमा निर्विरोध निर्वाचित 

राम्रो अनलाइन     ०५ मंसिर २०८१, बुधबार
उपनिर्वाचन हुने ३ स्थानमा निर्विरोध निर्वाचित 


काठमाडौं–निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन स्थानका उम्मेदवार सर्वसम्मत निर्वाचित भएको जनाएको छ । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । 

साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया