उपचार गराउन आएका चिनियाँ नागरिक होटलमा मृत भेटिए

राम्रो अनलाइन     १६ असार २०८१, आइतबार
उपचार गराउन आएका चिनियाँ नागरिक होटलमा मृत भेटिए

 

चितवन– चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत अवस्थामा  भेटिएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा बसेर अस्पतालमा उपचार गर्दै आएका ५६ वर्षीय पियान छ्याङसिन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका –७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेट अगाडि वर्षना होटलको कोठा नम्बर ११९ मा चाइनिज मृत्युको अवस्थामा भेटिएको हो ।

क्यान्सरको उपचार गर्न मृतक चाइनिज असार १० गते सो होटलमा बस्दै आउनुभएको थियो।मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान कार्य गरिराखेको छ।

प्रतिक्रिया