उज्वेकिस्तान प्रस्थान गर्ने महिला टोलीको विदाई

राम्रो अनलाइन     २८ भदौ २०७८, सोमबार
उज्वेकिस्तान प्रस्थान गर्ने महिला टोलीको विदाई


न्युज कारखाना

काठमाडौं, २८ भदौ

एएफसी महिला एसिया कप छनोट(२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको हो ।

उज्वेकिस्तान प्रस्थान गर्नेमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् । मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् ।  

उज्वेकिस्तान जाने नेपाली टोलीलाई प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरे । 

नेपाली टिम आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने कार्यक्रम छ ।

यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण  खेल खेलेका थिए । पहिलो खेल नेपालले २(१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।

प्रतिक्रिया