त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक  ८ सय ५५ ग्राम सुनसहित पक्राउ परेका छन्। सोमबार राति फ्लाइ दुबईको फ्लाइटमा दुबईबाट काठमाडौं आएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेलबाट पक्राउ गरेको हो। 

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छलेर लैजान लागेको उक्त सुनसहित पक्राउ परेका हुन्।  प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा पठाउने तयारी गरेको छ।

प्रतिक्रिया