काठमाडौं – ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन् । उनीसवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।
‘भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न मिलेन,’ स्रोतले भन्यो, ‘लेन क्रस गरेको देखिएपछि सिंहदरबार नै पुगेर हामीले चिट काटेका हौँ ।‘