टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

राम्रो अनलाइन     २१ जेठ २०८३, बिहिबार
टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं– ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको छ । बिहीबार (जेठ २१) जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो ।

कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी छन् । प्रहरीले आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) समेतको आरोपमा मुद्दा दायर गरेको हो ।

टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ । एक वर्षदेखि फरार अधिकारीलाई शुक्रबार (जेठ १५) इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो । अदालतको आदेशानुसार उनलाई प्रशासनबाट जेल चलान गरिनेछ । 

प्रतिक्रिया