टाटा मोटर्सको स्वावलम्बी अभियान

राम्रो अनलाइन     ०५ माघ २०७७, सोमबार
टाटा मोटर्सको स्वावलम्बी अभियान

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विभिन्न कारणवस विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।

अभियानअन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५प्रतिशतसम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो ।

जसअन्तर्गत कंम्पनिले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्वृद्धि हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नुहुनेछ ।

साथै घर बसी बसी आˆनो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सकिनेछ ।

प्रतिक्रिया