स्वीमसुटमा बोल्ड फोटो पोस्ट् गर्दै भावनाले विधाई गरिन् समर (तस्बिरसहित)

राम्रो अनलाइन     ०७ कात्तिक २०८२, शुक्रबार
स्वीमसुटमा बोल्ड फोटो पोस्ट् गर्दै भावनाले विधाई गरिन् समर (तस्बिरसहित)

तपाईं अभिनेत्री भावना गुरुङलाई सोसल मिडियामा पछ्याउनु हुन्छ भने उनको सक्रियताका बारेमा भरपूर जानकार हुनुहुन्छ नै । अभिनेत्री गुरुङ सोसल मिडियामा आफूलाई निकै क्रियटिभ ढंगले प्रस्तुत गर्छिन् । मौसम अनुसार उनले आफूलाई प्रस्तुत गरिरहेकी हुन्छिन् । गुरुङले यसपटक स्वीमसुटमा आफूलाई प्रस्तुत गर्दै समरलाई विधाई गरेकी छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय भावना मौसम अनुसार तस्बिर पोस्ट् गर्न महिर छिन् । अभिनेत्री गुरुङ आफूलाई ग्ल्यामर र हट अवतारमा प्रस्तुत गर्न खप्पिस छिन् । सधाझैँ यस पटक पनि अभिनेत्री गुरुङ निकै बोल्ड देखिएकी छिन् । 

अभिनेत्री गुरुङले र्‍याम्प  वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्‍याम्प  वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको थियो,’ उनी भन्छिन्, ‘त्यही बेला एउटा सोमा र्‍याम्प  वाक गर्ने अफर आयो । सोमा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए । त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’ डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो । 

प्रतिक्रिया