सुत्केरी महिलाको उपचारमा ‘लापरबाही भएपछि’ मंगोलियाका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी     ०९ माघ २०७७, शुक्रबार
सुत्केरी महिलाको उपचारमा ‘लापरबाही भएपछि’ मंगोलियाका प्रधानमन्त्रीले दिए राजिनामा

कोरोना भाइरस संक्रमित सुत्केरी महिलाको उपचारमा लापरबाही भएको भन्दै विरोध भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेसुख उखनाले राजिनामा दिएका छन् । भर्खरै सुत्केरी भएकी महिलालाई एक सरकारी अस्पतालमा असुरक्षित तवरले संक्रमित क्षेत्रमा सार्दै गरेको भिडियो बाहिरिएपछि त्यसको सर्वत्र विरोध भएको थियो ।

भिडियोमा संक्रमित सुत्केरीलाई अस्पतालको सामान्य पाइजामा मात्र लगाइदिएर संक्रमित क्षेत्रतिर लगिँदै गरेको देखिन्छ । उनलाई त्यहाँ कुनै सुरक्षाको साधन वा सावधानी नअपनाइएको विरोधीहरूले बताएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयअघि प्रदर्शन भएपछि प्रधानमन्त्रीले बिहीबार राजिनामा दिएका हुन् ।

राजिनामाका क्रममा उखानेले सुत्केरी महिलाको उपचारमा लापरबाही भएको स्वीकार गरे । ‘दुर्भाग्यवस हामीले ती आमाको स्थानान्तरण गर्दा गल्ती गरेका छौँ’, उनले भने, ‘उनलाई गरिएको व्यवहारको दृश्य हृदयविदारक छ ।’

प्रतिक्रिया