सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

राम्रो अनलाइन     १३ जेठ २०८१, आइतबार
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

 

काठमाडाैं– प्रहरीले सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । 

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ । उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।

प्रतिक्रिया