सुनको मूल्य स्थिर

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
सुनको मूल्य स्थिर

 

काठमाडाैं– आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो।  

यस अघि शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया