सुनको मूल्य हालसम्मकै उच्च

राम्रो अनलाइन     ०६ असोज २०८१, आइतबार
सुनको मूल्य हालसम्मकै उच्च

 

काठमाडाैं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। सुनको याे मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया