सुनको मूल्य हालसम्मकै उच्च

राम्रो अनलाइन     २८ भदौ २०८१, शुक्रबार
सुनको मूल्य हालसम्मकै उच्च

 

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ। यो हालसम्मकै उच्च बिन्दु हो।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६०  निर्धारण भएको छ।

प्रतिक्रिया