सुनको मूल्य हाल सम्मकै उच्च

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
सुनको मूल्य हाल सम्मकै उच्च

 

काठमाडाैं –  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ।

चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया