सुकुम्वासी बस्ती आसपास प्रहरीले राख्न थाल्यो सीसीटीभी

राम्रो अनलाइन     ११ वैशाख २०८३, शुक्रबार
सुकुम्वासी बस्ती आसपास प्रहरीले राख्न थाल्यो सीसीटीभी

काठमाडौं–  प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ ।

शनिबार (वैशाख १२) थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सुकुम्वासी बस्तीको फोकस हुनेगरी सीसीटीभी जडान गरिएको हो ।

प्रहरीले सीसीटीभी क्यामेराको निगरानी भने परिसर कार्यालय भद्रकालीबाट नै गर्नेछ । भोलिको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि नहोस् भनेर प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया