काठमाडौं–प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् । नेम्वाङले ९ हजार ४८४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मत ल्याएका छन् ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ९५१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।